२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोकर्णेश्वर मन्दिरमा सुनको छाना, १५ किलो, १८ करोड खर्च



फाइल तस्विर

१९ जेठ ०७९, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर मन्दिरमा सुनको छाना बनाइएको छ । छानामा सुनको लेपन लगाउन १५ किलोका लागेको र १८ करोड खर्च भएको बताइएको छ ।
दैनिक बालयन्त्रको पूजा आराधना हुने राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानामा सुनको लेप लगाउने कार्य सम्पन्न गरिएको हो । छानामा सुनको लेप लगाउने काम गर्दा मन्दिरको पूजा आराधनामा कमी, कमजोरी वा त्रुटि भएको भए क्षमा पाउँ भनी बुधबार क्षमा पूजा सुरु गरिएको छ । क्षमा पूजाका क्रममा १८ वटै पुराणको वाचन गरिने मन्दिरको छाना निर्माण समितिले जनाएको छ ।
कार्यक्रमको शुभारम्भ गर्नुहुँदै सांसद कृष्णबहादुर राईले धार्मिक कार्यमा जुट्ने गरेको सहभागितालाई धार्मिक पर्यटन प्रवद्र्धनमा पनि उपयोग गरिनुपर्ने बताए । बागमती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले मन्दिर क्षेत्रलाई उत्तरगया धामसम्म आकर्षक गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले मन्दिर क्षेत्रमा थप विकासका लागि सहयोग निरन्तर जारी रहने बताएकाछन् । पूर्वप्रमुख सन्तोष चालिसेले मन्दिरकै नामबाट नगरपालिकाको नामकरण भएकाले रु छ करोड ५० छानामा सुनको लेप लगाउन सहयोग गरिएको बताए ।
छानामा सुनको लेपसँगै धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक काम गर्ने वडा नं ४ का अध्यक्ष जयराम महतले बताए । छाना निर्माण समितिका अध्यक्ष कोमलबहादुर विष्टले छानामा सुनको लेप लगाउन १५ किलो सुनसहित करिब रु १८ करोड खर्च भएको जानकारी दिए ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ६ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।