२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको फोहर व्यवस्थापनबारे मन्त्री झाँक्रीसँग छलफल गर्न पुगे मेयर बालेन




१९ जेठ ०७९, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकिरहेको बेला काठमाडौं महानगरपालिकाका नगरप्रमुख वालेन्द्र साहले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेटवार्ता गरेका छन् । बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको अवस्था र सञ्चालनका लागि सहयोग गर्ने विषयमा नगरप्रमुख साहले मन्त्री झाँक्रीसँग भेटवार्ता गरेका हुन् ।
बिहीबार मन्त्रालयमा मन्त्री भेट्न पुगेका नगरप्रमुख साहले बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्नको लागि शहरी विकास मन्त्रालयलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्नुपर्ने बताइन् ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख साह र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रहेको बताइन् ।


तत्काललाई काठमाडौंको फोहोर व्यवस्थापन बन्चरडाडाँमा पुरानै किसिमले गरेपनि यसको वैज्ञानिक व्यवस्थापन जरुरी रहेको बताउँदै उनले महानगरसँग मन्त्रालय सधैं सँगसँगै मिलेर काम गर्न तयार रहेको बताइन् ।

नगरप्रमुख साहले बन्चरेडाडाडाँ ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनका लागि मन्त्रालयसँग सहयोग गर्नुपर्ने भन्दै यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्न आग्रह गरे । उनले काठमाडौंको फोहोर बन्चरेडाडाँमा तत्काल कसरी फोहोर विसर्जन भन्ने विषयमा स्थानीयबासीलाई सहमत गर्न सकिन्छ भन्ने विषयमा पनि सहजीकरण गरिदिन मन्त्रालयसँग माग गरे ।
उक्त भेटवार्तामा बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रविन्द्र बोहराले बन्चरेडाडाँमा तत्काल फोहोर व्यवस्थापन गर्न सकिने गरी काम सम्पन्न भइसकेको जानकारी दिए । उनले बन्चरेडाडाँको दीर्घकालीन र वैज्ञानिक फोहोर व्यवस्थापनका लागि घरघरमै फोहोर वर्गीकरण गरेर संकलन गर्न आवश्यक रहेकोमा जोड दिए ।
शहरी विकास मन्त्रालय अन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले बन्चरेडाँडामा सेल वानको निर्माण सम्पन्न गरेर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ भने सेल टुको काम अन्तिम चरणमा पुगेको छ । न्युज कारखाना

 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।