२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


मकवानपुर गोल्डकप सुरु, सिमराको विजयी सुरुवात




राजन कटुवाल
१९ जेठ ०७९, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा बिहीबारबाट हेटौंडामा चौथो सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमराले विजयी सुरुवात गरेको छ ।
सिमराले बागमती युवा क्लब सर्लाहीलाई २–० गोल अन्तरले पराजित गरेको हो । सिमराको जितमा विवेक चौधरीले ८ औं मिनेटमा कृपाकान्त चौधरीले ८० औं मिनेटमा गोल गरेका थिए । सिमराले जेठ २५ गते घरेलु टोली विजय यूथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको म्यान अफ द म्याच सिमराका विवेक चौधरी घोषित भए ।
उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबको सहभागिता रहेको छ । शुक्रबार बीफसी भरतपुर र चर्च ब्वाइज क्लबको भिडन्त हुनेछ । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षता भएको उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ७ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।