२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


जावलाखेलमा मच्छिन्द्रनाथको रथ, दर्शनार्थीको घुइचो (तस्विरहरु)




ललितपुर खबर
२० जेठ ०७९, ललितपुर । ललितपुरको जावलाखेलमा मच्छिन्द्रनाथको रथ पु¥याइएसँगै दर्शनार्थीको घुइचो लागेको छ ।


साइत अनुसार गतबुधबार अपरान्ह लगनखेलको इटिटोलबाट तानेर मच्छिन्द्रनाथ र मीननाथको रथ जावलाखेल पु¥याइएको थियो ।


जवलाखेल चौरमा आजकल फुलप्रसाद बेच्नेदेखि पाटीमा भजग गाउनेसम्मको भीड देखिन्छ । दिप प्रज्वलन गर्ने पनि उत्तिकै छन् ।


शनिबार दिउसो राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरुको उपस्थितीमा भोटो देखाउने कार्यक्रम छ ।


भोटो देखाउ लगत्तै मच्छिन्द्रनाथको मूर्तिलाई बुङमती लैजाने गरिन्छ । १ हप्तापछि रथ निकालिन्छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ८ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।