९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा माओवादी केन्द्र र समाजवादीका नेताहरुसहित ४ सय ४१ जनाको जमानत जफत




२० जेठ ०७९, ललितपुर । ललितपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु सहित ४ सय ४१ जनाको जमानत जफत भएको छ । खसेको मतको १० प्रतिशत मत नपाउने ललितपुर जिल्लामा ०७९ को स्थानीय निर्वाचनमा ४ सय ४१ ज्ना उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचन कार्यालय ललितपुरकी प्रमुख गोमा धमलाका अनुसार १ हजार ४ सय १५ जनाको उम्मेदवारी परेकोमा ९ सय ६९ जना उम्मेदवारले जमानत जोगाउन सफल भए ।
जमानत जफत हुनेमा महाकाल अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार भगिरथ तिमल्सिना, महाँकालकै अध्यक्ष उम्मेदवार राजनप्रसाद बञ्जारा,ललितपुर महानगरका सववेशशील साझाबाट मेयरका अत्यासी उज्वलकृष्ण श्रेष्ठ, महानगरकै राप्रपाका प्रत्यासी अष्टबहादुर महर्जनलगायत छन् ।
निर्वाचन प्रमुख धमलाका अनुसार ललितपुर महनगरमा सर्वाधिक १ सय ७७ जनाको जमानत जफत भएको छ भने कोञ्ज्योसोम गाँउपालिकामा ७ जनाको मात्रै जमानत जफत भयो ।
ललितपुर महानगरमा जमानत जफत हुनेहरु १ सय ७७ जना रहेका छन् । महानगरको राप्रपाबाट मेयरका प्रत्यासी अष्टबहादुर महर्जन र विवेकशील साझाका उज्वलकृष्ण श्रेष्ठसहित ११ जना मेयरका उम्मेदवारको जमनत जफत भयो । जमानत जफत हुने उपमेयरको उम्मेदवार ७ जना छन् । महानगरमा ५ सय ८६ जनाको उम्मेदवारी परेको थियो । यहाँ ४ सय ८ जनाको भने जमानत रकम फिर्ता हुने भएको छ ।
गोदावरी नगरपालिकामा भने १९ जना मेयरका उम्मेदवारसहित १ सय ३७ जनाको जमानत जफत भएको छ । जसमा राप्रपाबाट अध्यक्ष प्रत्यासी राजकुमार महर्जन,मालेबाट मंगले पहरी,मजदुर किसान पार्टीका विष्णुभक्त महर्जनलगायत १३ जना स्वतन्त्र उम्मेदवारको समेत जमानत जगफत भएको हो ।
गोदावरीमा जम्मा ३ सय २३ जनाको उम्मेदवारी परेको थियो यहाँ १ सय ८६ जनाले जमानत रकम पाउने भएका छन् ।
महालक्ष्मी नगरबाट जमानत जफत हुने ६९ जना छन् । यस नगरबाट ५ जना मेयर र एक जना उपमेयर उम्मेदवारको जमानत जफत भयो । महालक्ष्मीमा २ सय १९ जनाको उम्मेदवारी परेको थियो । १ सय ५९ जनाको जमानत जफत नभएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
महाँकाल गाँउपालिकाबाट ३१ जनाको जमानत जफत भयो । यसगाँउपालिकाबाट जमानत जफत हुनेहरुमा एकीकृत माओवादीका भगिरथ तिमल्सिना, नेकपा एककृत समाजवादीका राजनप्रसाद बञ्जारालगायत ७ जना हरेका छन् । उपाध्यक्ष तर्फ भने जनाको मात्रै जमानत जफत भयो । राज्रपा र एकीकृत समाजवादीका उम्मेदवारहरुको मात्रै जमानत जफत भयो ।
महाँकालमा १ सय ५ जनाको उम्मेदवारी परेकोमा ७५ जनाले प्रतिशत मत पाएपछि जमानत जोगाए ।
वागमती गाँउ पलिकामा राप्रपाका अध्यक्ष उम्मेदवार सानु महर्जन महर्जनसहित २० जनाको जमानत जफत भएको छ । वागमती गाँउपालिकाबाट राप्रपाबाट अध्यक्षका उम्मेदवारले १९ मत पाए । यस गाँउपालिकाबाट स्वतन्त्रबाट अध्यक्षका उम्मेदवारहरु रविन घिमिरे,सविन बल,मनोज राना,राजेश कुमार सन्जेलको जमानत जगत भयो । वागमतीमा ९३ जनाको उम्मेदवारी परेकोमा ७२ जनाले जमानत जोगाउन फित भए ।
कोञ्ज्योसोमबाट जमानत जफत हुने ७ जना मात्रै छन् । यहाँ राप्रपाका अध्यक्ष मानबहादुर तामाङ र उपाध्यक्ष निर्मला लामाको जमानत जफत भयो ।कोञ्ज्योसोममा ७९ जनाको उम्मेदवारी परेको थियो । यस पालिकामा ममानत जोगाउने७० जना छन् ।
निर्वाचन कार्याल ललितपुरका अनुसार ९० दिनभित्र सम्पर्क गरे उम्मेदवारहरुले जमानत रकम फिर्ता पाउन सक्छन् । उम्मेदवारी दर्ताका क्रममा अध्यक्षले १ हजार ५ सय वडाध्यक्षले १ हजार र वडा सदस्यले ५ सय जमानत राखेर उम्मेदवारी दर्ता गराउनु पर्छ । आयोगले दलीत र अल्पसंख्याकलाई भने छुट दिएको थियो ।
ललितपुरमा १० जना निर्वाचन अघि नै निर्विरोध निर्वार्चित भएका थिए ।
काँग्रेस माओवादी गठबन्धन हरेको महाकालमा विवादका बीच माओवादी केन्द्रका भगिरथ तिमल्सिनाले उम्मेदवारी दिएका थिए । नेकपा माओवादीका महाकाल अध्यक्ष उम्मेदवार भगिरथ तिमल्सिनालाई पार्टीले कारवाही गरेको मन्दै मतदानको पुर्वसन्ध्यामा सूचना सार्वजनिक गरिएको थियो । तर उम्मेदवार तिमल्सिनाले आफ्नो उम्मेदवारी कायम रहेको बताएका थिए । निर्वाचन आयोगले पनि नेकपा माओवादी केन्द्र पार्टीकै नामबाट मतपरिणाम सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १२ : ११ बजे