२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सिसडोलवासीसँग काठमाडौंका मेयर बालेनको प्रतिबद्धता– केमिकल हालेर दुर्गन्ध हटाउँछौँ, अवरोध नगर्नुस्



सिस्डोलमा मेयर बालेन र उपमेयर सुनिता । लेन्स : रुटिन अफनेपाल बन्द

२० जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह शुक्रबार बिहानै नुवाकोटमा रहेको सिसडोल क्षेत्रमा पुगे । लामो समयदेखि काठमाडौंको फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीयबासिन्दासँग छलफल गर्न उनी त्यहाँ पुगेका थिए ।
उपमेयर सुनीता डंगोलसहित महानगरको टोलीले केहीबेर स्थानीयसँग छलफल पनि गरे । छलफलको क्रममा मेयर साहले तत्कालको लागि केमिकल हालेर दुर्घन्ध हटाइने बताए ।
स्थानीयका कुरा सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्रमा दुर्घन्ध हटाइने बताए । त्यसका लागि केमिकल लिएर आउने गाडीमा स्थानीयले अवरोध गर्न नहुनेमा जोड दिए ।
स्थानीयसँग उनले अर्को पनि प्रतिबद्धता जनाए । फोहोरबाट मल बनाउने सिस्टम जडान गरेर त्यहाँको फोहोरलाई मलमा परिणत गर्ने बताए । ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि अघि सारे । यी दुवै कामको लागि कम्तिमा चार महिनाको समय लाग्ने बताए ।
छलफलको क्रममा स्थानीयले राज्यसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा फोहोर विर्सजन गर्न नदिएको बताएका थिए । फोहोर र मानिसहरू एकै ठाउँमा बस्न नसकिने भन्दै चाँडो भन्दा चाँडो त्यसको व्यवस्थापन गर्न पनि मेयरसँग आग्रह गरे ।
सिसडोलवासीले फोहोर बिर्सजनमा अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन् । फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न मेयर साहले यसअघि बिहीबार सहरी विकासमन्त्री रामकुमारी झाक्रीसँग भेट गरेका थिए । भेटको क्रममा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधान खोज्ने विषयमा छलफल भएको थियो ।
अहिले निर्माणाधिन अवस्थामा रहेको बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो । मेयरमा निर्वाचित भएसँगै मेयर साह सिसडोल र बञ्चरेडाँडाको अवलोकनका लागि पुगेका थिए । त्यसपछि आज बिहान उनी सिसडोल पुगेका हुन् । काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म कुनै पनि उत्सव नमनाउने उनले घोषणा गरेका छन् । न्युज कारखाना

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।