२० जेठ ०७९, काठमाडौं । अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटेको छ। यातायात व्यवस्था विभागले यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटाएको हो ।
यस्तै पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटछोमा सञ्चालन हुनको २।६ प्रतिशत भाडा घटेको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसागै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । मालबाहक सावरीको भाडा दर पनि घटेको छ । सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ ।
प्रतिक्रिया