४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा कोरोनाको संक्रमण डरलाग्दो बृद्धि




एजेन्सी
२१ जेठ ०७९, नयाँ दिल्ली । भारतमा फेरि कोरोना संक्रमण डरलाग्दो ढंगले बृद्धि भएको छ । तीन महिनामा पहिलो पटक ठूलो संख्यामा संक्रमित थपिएका हुन् । शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । र्यो ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो ।
महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ । तर, कोभिडबाट मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्रमा धेरै संक्रमित देखिएका छन् । बढ्दो संक्रमण नियन्त्रण गर्न केन्द्रिय स्वास्थ्य मन्त्रालयले महाराष्ट्र, केरला, तेलंगना, कर्नाटक र तमिल नाडु राज्य सरकारलाई पत्राचार गरेको छ ।
भारतमा हालसम्म ८५ करोड १७ लाखभन्दा बढीको कोभिड परीक्षण गरिएको छ । कोभिड संक्रमितको संख्या बढेपछि सरकारले सन् २०२१ को जनवरीदेखि खोप अभियान सुरु गरेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ७ : ४८ बजे