८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


काठमाडौंको फुटपाथ व्यापारीको कव्जामा, यात्रुलाई सास्ती (तस्विरहरु)



न्युज एजेन्सी नेपाल

२१ जेठ ०७९, काठमाडौं । राजधानीमा जव साँझ ढल्कदै जान्छ, यात्रुको भीडको रफतार निरन्तर बढ्छ । नगर प्रहरीको उति नै बेला सकिन्छ अनि फुटपाथमा व्यापारीको चहल पहल सुरु हुन्छ ।
साँझको बढ्दो सवारी चाप,यात्रुको भीड अनि फुटपाथ पसल । राजधानीका मुख्य बजार हिड्नै नसक्ने हुन्छ । यति बेला फुटपाथमा जाम हुन्छ ।


नगरप्रहरीले सडकमा व्यापार गर्दा खेदाउन थालेपछि धेरै व्यापारी बोकेरै व्यापार गर्दछन् । सडकमा झोला बोकेर, सिक्रि,लकेट र पालिसलगायत श्रृगारको समान बोकेर बेच्नेको पनि उस्तै लस्कर हुन्छ ।


फुटपाथ बजारका कारण सार्वजनिक यातायात्र पार्क गर्न ररोक्न समेत कठीन हुने गरेको चालकहरु बताउछन् । दैनिक दुई तीन घण्टा मात्रै फुटपाथ खुला हुँदा आम्दानी घटेको भन्दै धेरै पलायन भएका छन् ।
सटरमा व्यापार गर्दा पुराना र स्कट समान बासी तरकारी उनीहरु नै सडकमा उत्रेर बेच्दा पनि फुटपाथ बजार अव्यवस्थित भइहरेको हो ।


यहाँका सडकमा मोटरसाइकल पार्किङ पनि उस्तै हुन्छ । त्यही पार्किङ गरिएको मोटरसाइकलमाथि सामान राखेर व्यापार गरिरहेको देख्न सकिन्छ ।
काठमाडौंको कलंकी, असन इन्द्रचोक, लगनखेल,कोटेश्वर भक्तपुरका गल्लीमा असंख्य व्यापारी सडक व्यापारमा आश्रित छन् ।


नगरपालिकाले दैनिक गुजारा धान्न मुस्किल पर्ने शहरिया गरिवहरुको मर्कालाई बुझेर पुरै सडक व्यापारमा प्रतिवन्ध लगाउन पनि सकेको छैन । दिनभर सडक व्यापारप्रतिबन्ध नै गरिएको छ । हरेक दिन साँझ ५ बजेपछि भने फुटपाथ बजार खुल्ला हुन्छ ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  १० : ५० बजे