२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सेयर बजारका लगानीकर्ता आन्दोलनमाः दबाबमूलकदेखि आमरण अनसनसम्मका कार्यक्रम




२१ जेठ ०७९, काठमाडौं । सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् । सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधरण लगानीकर्ताहरुको करोडौं लगानी डुब्दै गएपछि लगानीकर्ताहरुले शनिबार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन् ।
शनिवार बिहान ११ बजे बाल्मिकीमा सर्वसाधारण लगानीकर्ताकोसमेत उपस्थितिमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अगुवा तिलक कोइरालाले जानकारी दिए । ‘बाल्मिीकी क्याम्पसमा आज हुने छलफल पछि आन्दोलनका कार्यक्रम तय गर्नेछौ भने यसबिचमा माग पुरा नभएमा १ असारबाट म आफै आमरण बस्नेछु’, कोइरालाले भने ।
शीर्ष नेताहरुको अभिव्यक्तिलगायतका कारणले सेयर बजारमा नकारात्मक असर परेको र त्यस्ता अभिव्यक्ति नदिनलगायत झन्डै २ दर्जन माग राखेर सेयरकर्ताका लगानीकर्ताहरू आन्दोलनमा उत्रिन लागेका हुन । न्युज कारखाना

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ११ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।