२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


पाकिस्तानमा ग्यासको मूल्य ४५ प्रतिशत बृद्धि, विजुलीको शुल्क पनि बढ्यो



प्रतिकात्मक तस्बिर

इस्तानबुल । पाकिस्तानमा एलपी ग्याँसको मूल्यमा भारी बृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएकाले ग्याँसको पनि मूल्य बृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानको तेल तथा ग्याँस नियमन प्राधिकरणले ग्याँसको मूल्य बृद्धि गर्न उत्पादकहरूलाई अनुमति दिएको हो ।

प्राधिकरणले पाकिस्तानको कराँचीस्थित पाकिस्तानी प्राकृतिक ग्यास कम्पनी एसएसजीसी ग्यासको मूल्यमा ४५ प्रतिशतसम्म बृद्धि गर्दा अहिले विक्रि मूल्य १००७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । नयाँ तय गरिएको मूल्य जुलाई १ देखि मात्रै लागू हुने पनि प्राधिकरणले जनाएको छ ।

त्यसैगरी विद्युत महशुलमा पनि बृद्धि गरिएको छ । विद्युत प्राधिकरणले प्रति युनिट विद्युतमा ७.९१ प्रतिशत बृद्धि गरिएको जनाएको छ ।

दैनिक उपभोग्य ग्याँस र विजुलीको मूल्य बढेकोप्रति आम नागरिकले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले दैनिक उपभोग्य पदार्थको मूल्य बृद्धि गर्दा आम नागरिकको दैनिक जीवनमा नै नकारात्मक असर परेको भन्दै मूल्य बृद्धि फिर्ता लिन माग पनि गरेका छन् ।

एएनआई

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ३ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।