९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरका महानगरका मेयर महर्जनले नाक काट्ने प्रसंग झिकेपछि विवाद छताछुल्ल



२२ जेठ ०७९, ललितपुर । ललितपुर महानगरका मेयर चिरिवावु महर्जनले आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा नाक काट्ने प्रसंग झिक्नेपछि पार्टीभित्रको घात अन्र्तघातको आरोप प्रत्यारोपसँगै विवाद छताछुल्ल भएको छ ।
न्वनिर्वाचित मेयर महर्जनले आफूले स्थानीय निर्वाचन टिकट पाउने सन्दर्भमा पार्टीभित्रबाटै टिकट ल्याएर देखाए आफूले नाक काट्ने उद्घोष गरेको खुलासा गरे । उनले भने, ‘फेरि आफूले टिकट पाएपछि पार्टीका साथी जितेको खण्डमा नाक काट्ने भन्दै हिडेका थिए । अहिले कसरी सास फेर्लान् । सिगान कसरी पुछ्लान् ।’
उनले पार्टीको स्कुलिङ कमजोर भएको बताउदै नाक काट्छु भन्दै हिड्ने नेताले आफूलाई भोट दिए त भन्दै प्रश्न उठाए ।
जिल्ला नेतृत्वको गलत निर्णयका कारण मेयर महर्जनले आफूसँगै ११ जना वडाध्यक्षले जितेको भन्दै टिकट वितरणमा गढबढी भएको बताए । उनले भने, ‘भैले भने अनुसार टिकट वितरण नहुँदा कार्यपालिकामा बहुमत भएन ।’
काँग्रेस जिल्ला सभापति जितेन्द्र श्रेष्ठले आफूले टिकट वितरणमा कुनै गढबढी नगरेको मञ्चबाटै जवाफ फर्काए ।आफू टिकट दिदा पैसा नखाएको स्प्रष्टिकरण दिदै श्रेष्ठले भने, ‘काँग्रेसले जिल्लामा लज्जास्पद हार व्यहोरेको भए मैले राजिनामा दिन्थे । जिल्लामा ६९ वटा उम्मेदवारी परेको वडामा ३८ वटामा जित भएको छ । यो सफलतालाई हेरेर धन्यवाद भन्नु पर्दैन ।’

केन्द्रिय सदस्य तथा ललितपुरका नेता उदयशम्सेर राणाले दक्षिण ललितपुरको वागमती र महाँकाल गाँउपालिकामा राम्रो टिमका साथ काम गरेको कारण लगभग क्लिन स्विप गरेको बताउदै महानगरले यहाँबाट सिक्नु पर्ने बताए । मेयर चिरिबाबु महर्जनलाई जवाफ दिदै उनले भने, टिकट दिदा हस्तक्षेप भएको छैन । जिते आफूले गर्दा जितेको हारेको ठाँउ अरुले विगारेको नभनौं । उनले नाक काटेको वा नकाटेको कुरामा गएर विवाद निकाले पार्टीलाई कुनै फाइदा नहुने बताए ।
केन्द्रिय सदस्य उर्मिला केसीले पुर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवालाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको र गणेशमान सिंह रुदै हिडेको देखेको प्रसंग निकाल्दै जिल्लाको विवाद सामान्य रहेको बताइन् ।
जिल्ला नेतृत्वले टिकट दिदा विधान लत्याएर केन्द्रिय सदस्यहरुलाई उपस्थित गराएर निर्णय गराउनु पर्नेमा आफूसँग कसैले नसोधेको बताइन् । उनले भनिन्,मलाई पार्टीभित्रका साथीहरुले मेरो हैसियत नभएको बताउने गरेका छन् ।
पार्टीभित्र निषेधको राजनीति नगर्न चेतावनी दिदै केन्द्रिय सदस्य केसीले भनिन्, ‘निषेधले पार्टीमा द्वन्द्व निम्त्याउछ । द्वन्द्वले कमजोर भइन्छ ।’
केन्द्रिय सदस्य जितजंग बस्नेतले नेपाली काँग्रेसमा धेरै अनुशासनहीन काम भएको बताए । उनले मेयर महर्जनको भनाई प्रति लक्षित गर्दै भने,‘यहाँ जसले जे बोले पनि हुन्छ ।’
पार्टीका उपसभापति पूर्णबहादुर खड्काले छिट्टै पार्टीको समिक्षा बैठक राख्न जिल्ला अध्यक्ष जितेन्द्र श्रेष्ठलाई निर्देशन दिदै भने, समिक्षा बैठकमा पार्टीका ठूला नेता के भन्ला भनेर नसोच्नुसर सबै कुरा खुलस्त राख्नुस् ।
शुभकामना तथा बधाई कार्यक्रममा एक आपसमा आरोप प्रत्यारोप गरेको भन्दै उपसभापति खड्काले असन्तुष्टि व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ८ : ५९ बजे