६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्रिपरिषद् हेरफेर तत्कालका लागि रोकियो



फाइल फोटो

२३ जेठ ०७९, काठमाडौं । काठमाडौं नेकपा (एकीकृत समाजवादी) ले आइतबार आफ्ना मन्त्री हेरफेरका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष अनुरोध गरेपनि तत्कालका लागि मन्त्रिपरिषद् हेरफेर नहुने भएको छ ।
सरकारमा रहेका एकीकृत समाजवादीका मन्त्रीहरुको तीव्र असन्तुष्टि र सत्तारुढ नेपाली कांग्र‍ेस र नेकपा ९माओवादी केन्द्र०ले समेत मन्त्रिपरिषद् हेरफेरमा अनिच्छा देखाएपछि तत्कालका लागि मन्त्रिपरिषद् हेरफेर नहुने भएको हो।
एकीकृत समाजवादीले स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउन सिफारिस गरेका थिए।

मन्त्रिपरिषद् हेरफेरका विषयमा सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् हेरफेर नगर्ने निर्णय गरेको थियो।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ५ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।