१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


मकवानपुर गोल्डकप : आर्मी सेमिफाइनलमा




राजन कटुवाल
२३ जेठ ०७९, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भैरहेको चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा साविक विजेता विभागिय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लब बीचको विभागीय डार्बी भिडन्तमा आर्मीले एपीएफलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । आर्मीले दुई पटक पेनाल्टी पाएपनि पहिलो पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा अग्रता बनाउनबाट चुकेको थियो ।
४० औं मिनेटमा आर्मीका विवेक बस्नेतले गरेको पेनाल्टी प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ७७ औं मिनेटमा दिनेश हेन्जनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी खेलको इन्जुरी समयको अन्तिम मिनेटमा एपीएफका युवराज खड्काले गोल गर्दै टिमलाई बराबरीको अवस्थामा पु¥याएका थिए । निकै प्रस्पिर्धात्मक विभागीय भिडन्तमा दुवै टिमले केही राम्रा अवसरहरु पाएपनि उत्कृष्ट सदुपयोग गर्न भने सकेको थिएन ।

टाइब्रेकरमा आर्मीका लागि दीपक गुरुङ, सिमान्त थापा मगर, दिनेश हेन्जन, कमलबहादुर थापा र सन्तोष केसीले गोल गरेका थिए । त्यसैगरी एपीएफका नविन लामा, सुदिप शिख्राकार, रवि थिङ र सनिस श्रेष्ठले गोल गर्दा मणिकुमार लामाको प्रहार भने आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरेका थिए । खेलको म्यान अफ द म्याच आर्मीका गोलरक्षक विकेश कुथु घोषित भए ।
जारी प्रतियोगितामा मंगलबार मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबको बीचमा खेल हुनेछ । यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ७ : ०२ बजे