५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


तीन किसिमका सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य



२४ जेठ ०७९, काठमाडौँ । यातायात व्यवस्था विभागले तत्काल सबै सवारीले इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने बताएको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले तीन प्रकारका सवारीले मात्रै साउन १ गते अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताए।

उनका अनुसार गत मंसिर १ गतेपछि नयाँ सवारी खरिद गरेकाले साउन १ गतेभन्दा अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ।

त्यस्तै, गत फागुन १ गतेभन्दा पछाडी पुराना सवारी खरिद गरी नामसारी गरिएको छ भने ती सवारीमा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। गत जेठ १ गतेपछि नवीकरणका लागि गएकारूले पनि साउन १ सम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने उनले बताए ।

विभागले अहिले करिब २ लाख ५० हजार इम्बोस्ड नम्बर प्लेट छापिएर भण्डारमा रहेको जानकारी दिएको छ । यस्तो अवस्थामा सवारी धनीले इम्बोस्ड प्लेट स्वेच्छिक मात्रै ठानेको र सवारी कार्यालयहरुले पनि उदासीन भएर सेवा दिइरेको विभागको भनाइ छ । यसले गर्दा ठेकेदार कम्पनीलाई गर्नुपर्ने भुक्तानीको दायित्व सिर्जना हुने अवस्था आएको विभागले स्पष्ट गरेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ५ : ४८ बजे