२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बञ्चरेडाँडामा झडप, ६ प्रहरी घाइते, १८ गाउँले नियन्त्रणमा



२५ जेठ ०७९, काठमाडौं ।  नुवाकोटको बञ्चरेडाँडाका स्थानीय र प्रहरीबीच फोहोर फ्याँक्ने विषयमा विवाद भएको छ । प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने स्थानीयले ढुंगामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले अवरोध सिर्जना गर्नेहरुमध्ये १८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

सोमबार राति शहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहोर फ्याँक्न दिने सहमति भए पनि स्थानीयले बुधबार अवरोध गरेका हुन्।

काठमाडौँका फोहोर बोकेर त्यहाँ गएका सवारी साधनहरु बाटैमा रोकिएका छन्। मंगलबार भने सुरक्षाकर्मीहरुको सहयोगमा फोहोरका ट्रक बञ्चरेडाँडामा खालि गरिएका थिए।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ४ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।