१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पुँजी बजारमा देखिएका समस्या समाधान गर्न समिति गठन



२५ जेठ ०७९, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेको जानकारी दिएका छन् ।

नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवमा शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित ४ सदस्यीय समिति गठन गरेको जानकारी दिएका हुन् ।

उनले पुँजीबजारमा संलग्न रहेका लगानीकर्ता र कम्पनीहरुको समस्यालाई सरकारले अनुगमनसमेत गरिरहेको बताए ।

पुँजीबजारलाई अन्तराष्ट्रिय स्तरको आधुनिक प्रविधिमैत्री बनाउन आवश्यकता रहेको शर्माको भनाइ थियो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने बताए ।

उनले चार महिनाभित्रै वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयरमा आरक्षणको कोटा छुट्याउने व्यवस्थासमेत लागू हुने जानकारी दिए ।

हमालले बैंकहरु मर्जर हुँदा लामो समयसम्म लगानीकर्ताको शेयर बन्दक हुने समस्याको लागि सम्बन्धित निकायहरुबीच छलफल भइरहेको समेत बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ७ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।