२७ जेठ ०७९, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.८७ प्रतिशत रहेको देखिन्छ ।
उक्त तथ्यांक अनुसार यस अवधिमा आयात २८.० प्रतिशतले र निर्यात ५९.८ प्रतिशतले बढेको छ । कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब २८ करोड अमेरिकी डलर रहेको छ । विस्तृत मुद्राप्रदाय ३८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.६ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर १६.६ प्रतिशत रहेकोछ ।
हेर्नुहोस्, विस्तृतमा
प्रतिक्रिया