२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


समयमै किसानलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको निर्देशन



सभामुख अग्निप्रसाद सापकोटा । तस्बिरः रत्न श्रेष्ठरासस

२९ जेठ ०७९, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समयमै किसानलाई मलको प्रवन्ध गर्न सरकारलाई निर्देशन दिनुभएको छ  ।

आइतबार प्रतिनिधि सभाको बैठकमा उहाँले सांसदहरुले उठाएको रासायनिक मल अभावको विषय ध्यानाकर्षण भएको बताउँदै यथाशीघ्र किसानलाई मल उपलब्ध गराउन सरकारका सम्बन्धित मन्त्रीलाई निर्देशन दिनुभएको हो ।

उहाँले ‘खेतीको समयमा पनि रासायनिक मल उपलब्ध नभइरहेको सन्र्दभमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकषर्ण भएको छ । यथाशीघ्र किसानलाई मल उपलब्ध गराउने गरी व्यवस्थापन गर्न गराउन सम्बधित मन्त्रीको ध्यानाकर्षण गराउँछु ।’

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  २ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।