
२९ जेठ ०७९, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समयमै किसानलाई मलको प्रवन्ध गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा उहाँले सांसदहरुले उठाएको रासायनिक मल अभावको विषय ध्यानाकर्षण भएको बताउँदै यथाशीघ्र किसानलाई मल उपलब्ध गराउन सरकारका सम्बन्धित मन्त्रीलाई निर्देशन दिनुभएको हो ।
उहाँले ‘खेतीको समयमा पनि रासायनिक मल उपलब्ध नभइरहेको सन्र्दभमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकषर्ण भएको छ । यथाशीघ्र किसानलाई मल उपलब्ध गराउने गरी व्यवस्थापन गर्न गराउन सम्बधित मन्त्रीको ध्यानाकर्षण गराउँछु ।’







प्रतिक्रिया