२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


भक्तपुरको नलिञ्चोकमा त्रिभुवन विमानस्थलको हेलिकप्टर सेवा सार्ने तयारी



३० जेठ ०७९,  भक्तपुर । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र संचालन हुFदै आएको हेलिकप्टर सेवा अब भक्तपुरको नलिन्चोकबाट संचालन हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले काठमाडौं विमानस्थलको ट्राफिक चाप घटाउन हेलिकोप्टर सेवालाई भक्तपुर स्थित नलिन्चोकमा सार्न लागेको हो ।

नागरिक उड्डयन प्राधिकणका महानिर्देशक प्रदीप अधिकारीले हेलिप्याड भक्तपुरमा सार्न लागिएको पुष्टि गरेका हुन् । भक्तपुर सारिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका व्यावसायिक उडानले ग्राउन्ड या आकाशमा होल्ड हुनुपर्ने समस्यामा क्रमिक सुधारिँदै जाने उनले विश्वास ब्यक्त गरेका छन् ।

हेलिकोप्टर उडानलाई नलिञ्चोक स्थानान्तरण गरिए पनि बिरामी बोकेका चार्टर्ड उडानले भने विमानस्थल प्रयोग गर्न पाउनेछन् । अत्यावश्यक पर्दा बिरामी ल्याउनुपर्ने भएमा त्यस्ता चार्टर उडानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्राथमिकताका आधारमा उडान अवतरण गर्न दिइने उनको भनाइ छ ।

प्राधिकरणले नलिञ्चोकमा हेलिप्याड निर्माणका लागि ठेक्का प्रक्रिया थालिसकेको छ। हाल सञ्चालनमा रहेका १० वटा हेलिकोप्टर कम्पनीसँग छलफल गरी निर्णय गरिएको उनले बताए । प्राधिकरणको सेफ्टी विभागका अनुसार, हाल १० वटा कम्पनीका ३३ वटा हेलिकोप्टर दर्ता छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १२ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।