६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधि सभा बैठकः रासायनिक मलसम्बन्धी प्रस्तावमा छलफल गर्न २ घण्टाको समय



३० जेठ ०७९, काठमाडौं । रासायनिक मलको विषयमा छलफल गर्नका लागि भन्दै नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि छलफलका गर्न सभामुख अग्निप्रसाद सापकोटाले २ घण्टाको समय छुट्याएका छन्।

प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले रासायनिक मलको विषयमा छलफल गर्न भन्दै प्रतिनिधि सभा बैठकको जारी कार्यसूची स्थगन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
भट्टराईले प्रस्ताव पेस गरेपछि सभामुखले छलफलका लागि २ घण्टाको समय निर्धारण गरेका हुन्। आगामी आर्थिक वर्षको बजेटमाथि विषयगत छलफल गर्ने नियमित कार्यसूची स्थगित गरेर २ घण्टा मलको आपूर्तिका सन्दर्भमा छलफल हुन लागेको हो।

छलफलमा प्रस्तावका प्रस्तावकसहित अन्य सांसदहरु पनि सहभागी हुनेछन्। एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।

प्रस्तावमा हस्ताक्षर गर्ने अन्य सांसदहरुमा कृष्णभक्त पोखरेल, यज्ञराज सुनुवार, राजेन्द्रकुमार राई, कृष्ण गोपाल श्रेष्ठ, नारायणप्रसाद खतिवडा, झपटकुमार रावल, गंगा चौधरी, रेखा कुमारी, नारायण प्रसाद मरासिनी, पवित्रा निरौला खरेल, विमला विश्वकर्मा, सरिता गिरी, नवराज सिलवाल र घनश्याम खतिवडा छन्।

सरकार मल ल्याउन पूर्ण रुपमा असफल भएको उनीहरुको निष्कर्ष छ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १२ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।