२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलायो संसदीय समितिले



३० जेठ ०७९, काठमाडौं ।  संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएको छ ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा जानकारी लिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई समितिमा बोलाएको हो ।

समितिको बैठकले प्रधानमन्त्रीलाई छलफलका लागि असार ५ गतेको बैठकमा बोलाउने निर्णय गरेको हो ।

समितिकी सभापति पवित्रा निरौला खरेलले त्यसअघि समितिले ने परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गर्ने निर्णय गरेको जानकारी दिइन् ।

निकट भविष्यमै अमेरिकामा  हुन लागेको भनिएको प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले चासो राख्दै आएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  २ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।