२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतबाट सामान चोरी गरी ल्याएर काठमाडौंमा बिक्री गर्ने चार जनाविरुद्ध मुद्दा



३० जेठ ०७९, काठमाडौं । भारतबाट सामान चोरी गरी काठमाडौंमा बिक्री गर्ने गरेको आरोपमा चार जनालाई कारबाही सिफारिस गरिएकाे छ। राजस्व अनुसन्धान विभागले नसिपदिन मियाँ, शंकरप्रसाद आचार्य, रेखा जैसवाल र आशिष सिंहलाई कारबाही सिफारिस गरेको हो।

विभागले उनीहरुविरुद्ध ९ करोड बिगो माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। भारतबाट विभिन्न सामान राजस्व छली नेपाल ल्याई बिक्री गरेको आरोप विभागले लगाएको छ।

यस्तै उनीहरुले आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) पनि छली गरेको दाबी विभागको छ। आरोपितमध्ये आचार्य मालिका ढुवानी सेवाका संचालक हुन्। उनले चोरी गरी ल्याइएको मालसामान रिटेल व्यापारीको नाममा नक्कली बिल बनाई ढुवानी गर्ने गरेको आरोप छ।

यस्तै जैसवाल न्यू मनकामना सप्लायर्सका सञ्चालक हुन्। उनीमाथि पनि सोही प्रकारको आरोप छ। विभागका अनुसार सिंहले भारतबाट मालसामान पठाउन सहयोग गर्ने गरेका थिए।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ३ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।