९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मंगलबजारमा श्रीनिवास मल्लको सुनको सिंहाशन प्रर्दशन



३१ जेठ ०७९, ललितपुर । ललितपुरको पाटनस्थित पाटनदरवार परिसरमा आज राजा श्रीनिवास मल्लले सिंहाशन प्रर्दशनी गरिएको छ ।
जनताबाट दानमा पारेको सुनको राजासिंहाशन सर्वसाधारणका लागि दर्शनका लागि कृष्ण मन्दिरको प्रागणमा राखिएको हो ।

राजा श्रीनिवासले सुकुलमा बसी न्यायनिसाफ गर्ने गरेको र सो बाट प्रभावित भइ एक प्रजाले राज निवासलाई सुनको सिंहाशन दान दिएको इतिहासमा उल्येख छ ।

सो दानमा पाएको सिंहाशान सुरक्षित र संरक्षित रहेको देखाउन हरेक बर्ष हरेक जेष्ठ शुक्ल पूर्णिमा ज्यापून्हिका दिन कुष्ण मन्दिरको प्रागणमा प्रर्दशनी गरिन्छ ।

श्रीनिवासलेका छोरा सिद्धीनरसिंह मल्लले आफूले रचना गरेका ३२ रागयुक्त गीत सिहासन अगाडी बसेर गाउने परम्परा चलाएका थिए । सोही राग गायनको पौवा सिंहासन पछाडी राखिएको छ ।

यस अवसरमा दरबार परिसरमा रहेको कात्तिक डबलीमा बिहीबार दिन राजा सिद्धिनरसिंह मल्लले लेखेका विभिन्न ३२ वटा राग भजन स्थानीय भजन मण्डलीले गाउने चलन छ ।

हरेक वर्ष जेष्ठ शुक्ल पूर्णिमाको दिन मेघ मल्हार राग अनिवार्य गाउनु पर्ने र त्यो राग गाएपछि पानी पर्ने विश्वास रहिआएको छ । आजकै दिनदेखि वर्षाऋतुको प्रारम्भ विश्वास गरिन्छ ।

 

मल्ल राजा सिद्धिनरसिंह मल्लका सुपुत्र नेपालेश्वर अर्थात श्रीनिवास मल्ल जो विसं १७१७ मा विधिवत ललितपुरका राजकाज सम्हालेका थिए ।

उनका वावु सिद्धिनरसिंह मल्ल गद्दिनासिन हुँदा हुँदै कीर्तिपुरमा समानान्तर सरकारको स्थापना गरी राजा भएका श्रीनिवास मल्लको राजकाजको समयमा कान्तिपुरको राणा प्रताप मल्ल र भक्तपुरको राजा जगतप्रकाश मल्लको मृत्यु भइसकेकाले श्रीनिवास मल्लको प्रमुख तीनै राज्यमा एकछत्र प्रभाव रहेको बताइन्छ । राष्ट्रिय समाचार समितीका फोटोपत्रकार रत्न श्रेष्ठले खिचेका केही तस्विरहरु हेरौं

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १० : ५० बजे