२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


असर १५ भित्र किसानलाई मल उपलब्ध गराउने कृषिमन्त्रीको प्रतिबद्धता



३१ जेठ ०७९, काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले असार १५ भित्र किसानलाई मल उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो प्रतिबद्धता गरेका हुन्।

भारत सरकारले पाँच लाख मेट्रिक टन मल चालू आर्थिक वर्षभित्रै उपलब्ध गराउने आश्वासन दिएकाले मलको समस्या तत्काललाई समाधान हुने उनले बताए। दीर्घकालीन समाधानका लागि भने आयल निगमजस्तै छुट्टै निकाय स्थापना गर्नुपर्ने उनले औँल्याए।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ४ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।