९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बौद्ध बलात्कार घटनाः घर पुर्‍याउने भन्दै बौद्ध पुर्‍याएर सामूहिक बलात्कार



३१ जेठ ०७९, काठमाडौं । काठमाडौं दरबारमार्गबाट घर पुर्‍याउने भन्दै मोटरसाइकलमा बौद्ध पुर्‍याएर सामूहिक बलात्कार भएको खुलेको छ। प्रहरी अनुसन्धानबाट बौद्धमा भएको एक महिलामाथिको सामूहिक बलात्कार घटनाका आरोपितले घर पुर्‍याउने बाहनामा बलात्कार गरेको पाइएको छ।

जेठ २९ गते बिहान पौन ४ बजेतिर एक महिलाले प्रहरी कन्ट्रोल १०० मा फोन गर्दै आफू सामूहिक बलात्कारको शिकार भएको बताएकी थिइन्। बौद्धस्थित होटल लुङ्तामा आफू बलात्कृत भएको बताएपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको थियो।
प्रहरी घटनास्थल पुग्दा आरोपित फरार भइसकेका थिए। प्रहरीले होटल सञ्चालक सिन्धुपाल्चोक भोटेकोशीका ३४ वर्षीय आङनिमा भनिने झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेर अनुसन्धान अघि बढायो।
उनी पक्राउ परेपछि सिसी टिभी फुटेजको माध्यमबाट बलात्कारमा संलग्न भएको आरोप लागेका तीन जनालाई प्रहरीले १६ घण्टा नबित्दै पक्राउ गर्‍यो।

पक्राउ पर्नेहरूमा काठमाडौं बस्ने २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शर्पा, सर्लाहीको बागमती नगरपालिका–४ का ३४ वर्षीय उत्तम लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

यो समूहले दरबारमार्गको एक रात्री क्लबमा चिनजान भएकी २४ वर्षीया युवतीलाई दरबारमार्गबाट बौद्ध लगेर बलात्कार गरेको खुलेको छ। बलात्कार आरोपमा पक्राउ परेकाहरु जेठ २८ गते राति बौद्धबाट दरबारमार्ग गएका थिए।उनीहरु मधुशाला दोहोरी साँझमा मदिरा सेवन गरेपछि किङग्स लाउन्समा गएका थिए। उक्त लाउन्जमा हाल बलात्कारको शिकार भएकी युवतीसँगै अर्की युवतीसँग उनीहरुको चिनजान भएको थियो।

ती मध्येका हाल बलात्कारमा परेकी युवतीलाई तीन जानको समूहमध्ये एक जनाले घर छाडिदिने भन्दै मोटरसाइकलमा लिएर हिँडे। तर, माछापोखरी बस्ने युवलाई ती युवकले भने बौद्ध पुर्‍याएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।

त्यसपछि ती युवकहरु आफूसँगै दरबारमार्ग पुगेका दुई जनालाई पनि बोलाए। उनीहरु लुङ्ता गेष्टहाउसमा एक वटा कोठा लिएर बसे। सोही गेष्ट हाउसमा उनीहरु तीनै जनाले ती युवतीलाई सामूहिक बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ५ : ५५ बजे