९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भेट्रान फुटबलको उपाधि ललितपुरको ढोलाहिटी क्लवलाई




१ असार ०७९, काठमाडौं । ढोलाहिटीले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।
चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको फाइनलमा ढोलाहिटीले फ्रिडम फाइटर ‘ए’ लाई २–१ गोलले पराजित ग¥यो । ढोलाहिटीका ‘म्यान अफ द म्याच’ नितिन गुरुङ र विश्वलाल श्रेष्ठले १–१ गोल गरे । फ्रिडमका विकर्ण श्रेष्ठले १ गोल फर्काए । उपाधिसंगै ढोलाहिटीले १ लाख नगद पुरस्कार पायो भने फ्रिडमले ५० हजार नगदमा चित्त बुझायो ।
काठमाडौं महानगरपालिका वडा ७ को सहयोगमा चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा फ्रिडमका राजकुमार घिसिङ उत्कृष्ट खेलाडी घोषित भए । दीपक डंगोल उत्कृष्ट गोलरक्षक तथा विश्वलाल श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिए । दुवै ढोलाहिटीका हुन् । प्रतियोगिताभर ९ गोल गरेका फ्रिडमका विकर्ण श्रेष्ठ सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई पूर्व मन्त्री गगनकुमार थापा, वडा ७ का अध्यक्ष विमलकुमार होडा, आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ २६ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १५ टिम सहभागी थिए । न्युज कारखाना

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ६ : ४४ बजे