१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपालको एशियन कप छनोटमा इन्डोनेसियासँग लज्जास्पद हार



१ असार ०७९, काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको समूह ए को अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग ७ ० को लज्जास्पद हार बेहोरेको छ ।

मंगलबार राति कुवेत सिटी स्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल १० खेलाडीमा सिमित रहँदै खेल टुंगाएको थियो । यो सँगै नेपाल प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ । नेपालका सुमन अर्याल ११औं मिनेटमा दोहोरो पहँलो कार्डको सामना गरेका थिए ।

तीन खेल खेलेको नेपाल १३ गोल वेहोर्दै १ गोलमा चित्त बुझायो । नेपालको लागि एकमात्रै गोल दर्शन गुरुङले गरेका थिए ।

यस अघि इन्डोनेसियाविरुद्ध मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी दोहोरो कार्डका कारण निलम्बन हुँदा नेपालको टेक्निकल एरियामा सहायक प्रशिक्षक किरण श्रेष्ठ रहेका थिए ।

जुन खेलमा निर कुमार राई, शिव गुरुङले डेब्यु अवसर पाए । कप्तानमा नवयुग श्रेष्ठलाई आराम दिईदा पुजन उपरकोटीले आर्म ब्याण्ड लगाए ।

इन्डोनेसियाको जितमा वितान सुलाइमानले दुई गोल गरे । यस्तै मुहमद दिमास द्रजाड, फाकरद्दिन , सादिल रामदानी, एलकान बागोट र मार्सेलिनो फेर्डिनानले एक एक गोल गरे ।

हारसँगै नेपालले अंक विहीन रहदै पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० र दोस्रो खेलमा कुवेतसँग ४–१ अन्तरले पराजित भएको थियो ।
न्युज कारखाना

समूह ए बाट जोर्डन विजेता र इन्डोनेसिया उत्कृष्ट उपविजेताको रुपमा दोस्रो चरणमा स्थान बनाए ।

हारपछि नेपालका प्रशिक्षक किरण श्रेष्ठले रातो कार्डका कारण टिम दवावमा पर्दा हार वेहोरेको बताए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : ३३ बजे