६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध: मन्त्री आले



१ असार ०७९, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ  ।

प्रतिनिधि सभाको बैठकमा बजेटमा उठेका विषयबारे जवाफ दिँदै मन्त्री आलेले त्रिभुवन विमानस्थलले आगामी दिनमो यात्रुको चाप थेग्न नसक्ने भन्दै यो विमानस्थलको विकल्प तत्काल खोज्नु पर्ने अवस्था आएको बताउनु भयो  ।

निजगढको पहिलो चरणको काम पूरा गर्न १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने भन्दै उहाँले यस वर्ष राखिएको २६ करोड बजेट ज्यादै न्यून भएको उल्लेख गर्नु भयो।

जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको र आयोजनामा ३ अर्ब रुपैयाँ खर्च भइसकेको भन्दै यो आयोजनासँग सम्बन्धित रहेर काठमाडौं मधेश द्रुतमार्गमा २ खर्ब रुपैयाँ खर्च भइसकेको समेत मन्त्री आलेले संसदमा जानकारी गराउनु भएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ६ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।