६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एसपीपी अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का



३ असार ०७९, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरशीप प्रोग्राम ‘एसपीपी’ को विषय अन्त्य भइसकेको बताएका छन् ।  प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले एसपीपीको विषय अन्त्य भइसकेकाले खोतलखातल गर्न जरुरी नभएको बताएका हुन् ।

एउटै विषयलाई कोट्याउँदा नेपालको हितमा नहुने मन्त्री खड्काको भनाइ थियो । उनले नेपालको हितमा नभएकाले अघि नबढने बताए ।

प्रधानमन्त्रीको तहबाट अघि बढ्दैन भनेपछि खोतल्न आवश्यक नभएको मन्त्री खड्काको भनाइ छ । नेपाली सेना र अमेरिकी दुतावासबाट यसबारे विज्ञप्ति आइसकेको भन्दै यसबारे थप चर्चा नगर्न समितिलाई मन्त्री खड्काले आग्रह गरे ।

नेपाल कुनैपनि सामरिक वा सैन्य नीतिमा नजाने पनि उनको भनाइ छ । बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले चिठी लेख्दैमा कुनै पनि सैन्य गठबन्धन नहुने बताए ।

 

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।