
३ असार ०७९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यक्रम सुदुरपश्चिम प्रदेशमा तय भएको थियो । दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट धनगढीका लागि हेलिकप्टर चढे । तर देउवा चडेको हेलिकप्टर उड्दा उड्दै आकाशमा इन्धन सकिन लागेपछि भैरहवामा आकस्मिक अवतरण गरिएको छ ।
उनी चढेको हेलिकप्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । जसका कारण देउवा करिब २० मिनेट जति भैरहवामै बस्नु परेको बताइएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ उडेका थिए ।







प्रतिक्रिया