६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तत्कालीन प्रधानमन्त्री ओलीले एसपीपी अघि बढाउने काम गरेको सांसद गौतमको दाबी



फाइल तस्बिर

३ असार ०७९, काठमाडौं  ।  राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दाबी गरेका छन् ।

सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताएका हुन् । गौतम कोइराला नेतृत्वको सरकारको उपप्रधानमन्त्री थिए ।

यसको सुरुवात जसले गरेपनि त्यसबेलाका प्रधानमन्त्री ओली यसलाई अघि बढाउन काममा संलग्न भएको उल्लेख गर्दै उनले सदनलाई पनि सो कुरा बताउनुपर्ने माग गरे । उनले अध्यक्ष ओलीप्रति संकेत गर्दै सो सत्य कुरा बताउँदा कुनै पनि पार्टी र त्यसका नेताको व्यक्तित्व सानो नहुने बताए ।

सांसद गौतमले सरकार र सरकारको नेतृत्वको गरेको काँग्रेसले अघि नबढाउने भनेपछि एसपीपी सम्बन्धी समस्या समाधान भएको पनि पटकपटक दोहो¥याए । उनले सो प्रस्तावबारे संसदमा आएर जवाफ दिन भने प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।

सांसद गौतमले भने, ‘अहिले एमालेका अध्यक्ष कमरेड केपी ओलीले सुरु गर्नुभयो यो सम्झौता भनेपछि सुशील कोइरालाले हो भनेको हुनाले म पनि त्यसमा संलग्न हुन्छु । म फेरी प्रधानमन्त्रीले गरेको, म त्यसमा संलग्न छैन भन्दिन । त्यो सरकारमा सामेल भईसकेपछि प्रधानमन्त्रीले गरेको काम प्रधानमन्त्रीले व्यक्त गरेको विचारसित सहमत हुनुपर्दछ । त्यसो भएर ममाथि पनि आरोप लाग्न सक्दछ भनेर मैले त्यस सम्बन्धमा खोजी नीति गर्दा अव केके भएको हो, अस्तीमात्रै एउटा पत्र आएको छ ।’

उनले थपे, ‘र, त्यो पत्रले प्रष्ट पारिदिएको छ–यसको सुरुवात जसले गरेको भएपनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री भएको अध्यक्षज्यू, त्यसमा संलग्न हुनुहुन्छ । अव सदनलाई साँचो कुरा बताउनु पर्दछ–र सत्य बताउँदा कोही पनि सानो हुँदैन । पार्टी पनि सानो हुँदैन, व्यक्तित्व पनि सानो हुँदैन । र, हामीले अव चाँही त्यस्तो किसिमको काम गरौं । एमसीसी पास गरलगत्तै एसपीपी (स्टेट पार्टनरसिप प्रोग्राम) आयो । यसलाई मिडियाले जब बाहिर ल्यायो, त्यसपछि अरु धेरै जस्तै म पनि ज्याँदै संवदेनशील भएँ, झसंग भए । कि यो एसपीपी सम्झौंता नेपाललाई अमेरिकी सैन्य गठबन्धनको हिस्सेदारी बनाउनका निम्ति ल्याइएको हो ।’

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।