५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आन्तरिक उडानको भाडा पनि बढ्यो, कहाँ जान कति ?



६ असार ०७९, काठमाडौं । आन्तरिक उडानको भाडा पनि बढेको छ । नेपाल आयल निगमले इन्धनको भाउ बढाएसँगै वायु सेवा सञ्चालक सङ्घले हवाई भाडा बढाएको हो । बढेको भाडा बुधबारदेखि लागू हुनेछ ।

नयाँ भाडाअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा आठ सय ४० रुपैयाँले बढेको छ । काठमाडौं–धनगढी रुटमा अधिकतम १६ हजार आठ सय पाँच रुपैयाँसम्म लिन पाउनेछन् ।

यस्तै सबैभन्दा कम काठमाडौं–सिमराको भाडा एक सय ७० रुपैयाँले बढेर अधिकतम चार हजार एक सय ९५ रुपैयाँ पुगेको छ ।

सरकारले आजै सार्वजनिक सवारी भाडा बढाएको थियो ।

गएराति आयल निगमले पेट्रोलियम पदार्थको भाडा बढाएको थियो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ५ : ४१ बजे