६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गराउन कांग्रेसको माग



७ असार ०७९, काठमाडौं । नेपाली कांग्रेसले मतदाता नामावली संकलनलाई सरल बनाउन र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर विदेशमा बस्नेहरुले पनि मत दिन पाउने व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन् ।

भेटमा संसदीय निर्वाचनका निम्ति मतदाता नामावली संकलनको कामलाई सहज बनाउन ध्यानाकर्षण गराइएको महामन्त्री थापाले जानकारी दिए ।

मताधिकारको प्रारम्भमै झमेला व्यहोरेपछि मताधिकारप्रति वितृष्णा बढाउने देखिएकाले सहज वातावरण बनाउनुपर्ने माग कांग्रेसले गरेको हो ।

भेटमा प्रमुख आयुक्त थपलियाले साउन दोस्रो सातादेखि विदेशमा रहेका नेपालीहरूको नामावली संकलन गर्ने जानकारी दिएका छन् । कांग्रेसले निर्वाचन आचारसंहितालाई कर्मकाण्डी मात्रै नभएर व्यवहारिक बनाउन पनि आयोगको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।