२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


हवाई सेवा कम्पनीहरु आन्दोलित, बुधबारदेखि सेवा अवरुद्ध गर्ने घोषणा



७ असार ०७९, काठमाडौं ।  नेपाल वायु सेवा सञ्चालक संघ आन्दोलित भएको छ । सरकारले यसअघिको सम्झौतालाई वेवास्ता गर्दै एकपक्षीय रुपमा वायु सेवा सञ्चालनको नयाँ व्यवस्था कायम गरेको, यात्रु सेवा शुल्क, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतको शुल्क वृद्धि गरिएको भन्दै नागरिक उड्ययन प्राधिकरण (क्यान) विरुद्ध संघ आन्दोलनमा उत्रिएको हो ।

मंगलबार काठमाडौं पत्रकार सम्मेलन गर्दै संघले ५ बुँदे माग पत्र सार्वजनिक गरेको छ । आफूहरुको उक्त माग यथाशीघ्र सम्बोधन नभए आगामी असार ८ गतेदेखि सम्पूर्ण हवाई सेवा बन्द गरी आन्तरिक उडान अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
यस्तो अवरोध संघमा आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाईसेवा कम्पनीहरुले प्रदान गर्दै आएको आपतकालिन उद्धार सेवा समेत बन्द गर्ने चेतावनी संघले दिएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ३ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।