१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


फेरि ललितपुरमा पनि देखियो हैजा, २ जनाकाे टेकु अस्पतालमा उपचार हुँदै



८ असार ०७९, ललितपुर ।  काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ।

केही दिनअघि मात्रै काठमाडौंको बागबजारका एकै घरका दुई दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो।

मंगलबार संक्रमण पुष्टि भएका बिरामी ललितपुरको सानेपा क्षेत्रका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार यसले हैजाको संक्रमण उपत्यका भरी नै फैलिने जोखिम बढाएको छ।

भिब्रियो कलेरा नामक ब्याक्टेरिया दूषित पानीको माध्यमबाट मानिस फैलिन्छ। पुनका अनुसार हैजा छिटो फैलिने सरुवा रोग भएकाले आवश्यक सतर्कता अपनाइएन भने यो महामारीको रुपमा फैलिने जोखिम रहन्छ।

हैजा संक्रमण देखिएपछि महाशाखाले केही दिनदेखि बागबजार क्षेत्रको ढल, पानी, खाद्यलगायतको नमूना संकलन गरिरहेको छ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १० : ३६ बजे