९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


राष्ट्रपति रनिङ्ग शिल्ड भलिबलको जिल्ला छनौटमा भ्याली पब्लिक र नमूना विजयी




८असार ०७९, ललितपुर । ललितपुरमा जारी राष्ट्रपति रनिङ्ग शिल्ड भलिबलको जिल्ला छनौट खेलमा मदन स्मारक र माउण्ट ओलिभ विजयी भएका छन् ।
जिल्ला खेलकुद संघका विनोद महर्जनका अनुसार
बुधबार भएकोे पहिलो फाईनलमा छात्रतर्फ भ्याली पब्लिक मा.बिले मदन स्मारक मा.बिलाई पराजित गर्दै २५–२१,२५–२० को जित निकाली उपाधि जितेका छ ।
बुधबार नै भएको छात्रातर्फको फाईनल खेलमा नमूना मा.बिले माउण्ट ओलिभ मा.बि सिद्धिपुरलाइ हराउदै २५–१८,२५–१६ को जित निकाली उपाधि जितेका छन् ।
त्यस्तै छात्र र छात्रातर्फ सिद्धिमंगल मा.बि तेस्रो भएका छ । छात्रतर्फ भ्याली पब्लिक मा.बिका आयुष खड्का र छात्रातर्फ नमूना मा.बिका अनुषा महर्जन उत्कृष्ट खेलाडी घोषित भए ।
कार्यक्रममा ललितपुर जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बिनोद महर्जनले पुरस्कार वितरण गरेका थिए । महर्जनले पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अब हुने प्रदेश छनौट गेमका लागि खेलाडीहरूलाई बिशेष प्रशिक्षण दिने घोषणा पनि गरे । कार्यक्रममा नेपाली भलिबल संघका महासचिव कुमार के.सी,ल.पु.जि.खे.बि.सका सदस्यद्वय कवि मलाकार र संघर्ष पहरीको हातबाट विद्यार्थीहरुले पुरस्कार पाएका थिए ।
कार्यक्रममा राष्ट्रपति रनिङ्ग शिल्ड“को प्रदेश छनौट प्रतियोगिता चितवनमा हुने ललितपुर जिल्ला भलिबल संघका महासचिव भीम नेम्कुलले जानकारी दिएका थिए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ११ : ०१ बजे