२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउन सुझाव



एक पसलमा बिक्रिका लागि राखिएको । तस्विर : ललितपुर खबर

१० असार ०७९, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् ।
जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाईराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । यस्तो व्यवस्था अन्तर्राष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघटासम्म कायम राख्नुपर्ने उनको भनाइ छ ।
उनले भन्सार र प्रज्ञापन शुल्क आधा मात्र लिन र बाँकी कर हटाउन भनेका हुन् ।
कोइरालाले ट्वीट गर्दै भनेका छन्, ‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५.२३ को आधा रु १२.६२ गरी जम्मा रु २६.६२ प्रति लिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघटदा सम्म नलिने निर्णय गरोस।’

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।