९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बुङमति र खोकनालाई ललितपुर महानगरले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने



फाइल तस्विर

१० असार ०७९, ललितपुर । ललितपुर महानगरले बुङमति र खोकनाको पुरानो बस्तीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भएको छ । महानगरपालिकाको पहिलो नगरसभामा आज नीति तथा बजेट सार्वजनिक गर्दै अमूर्त सम्पदाको अध्ययन अनुसन्धानका आधारमा युनेस्कोमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइने बताइएको छ ।
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ । नगर प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माण गर्ने कामलाई निरन्तरता दिन लागिएको बताए । गत पाँच वर्षमा महानगरभित्र आठ पार्क बनेको र छ पोखरीको पुनःनिर्माण भएको थियो ।
फोहर व्यवस्थापन गर्दै शहरलाई सफा र सुन्दर बनाउन बालकुमारीस्थित अस्थायी ट्रान्सफर स्टेशन आधुनिकीकरण गर्ने, फोहर स्रोतमा नै वर्गीकरण गर्ने, फोहर सङ्कलनमा संलग्न हुने व्यवसायीलाई दर्ता गरी अनुगमन गर्ने महानगरको कार्यक्रममा उल्लेख छ । फोहरमैला वर्गीकरण गरी कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन कम्पोष्ट प्लान्टको स्थापना गरिने र फोहरको दीर्घकालीन व्यवस्थापनका लागि ल्याण्डफिल साइटको अध्ययन गरिने उल्लेख छ । साझा यातायात प्रालिसँगको समन्वयमा विद्युतीय बस सञ्चालन गरिने र विद्युतीय शवदाह गृह स्थापना तथा सञ्चालनमा जोड दिइने भएको छ ।
कालोपत्र भएको सडक दुई वर्षसम्म खन्न नदिइने र कालोपत्र गर्दा जमिनमुनिको पानीको स्रोतमा ध्यान पु¥याइने, आगामी आवमा उच्च गुणस्तरको अपाङ्गतामैत्री पैदल यात्रुमार्ग निर्माण गर्ने, ढल निर्माण गर्दा पानीको स्रोतमा असर नपर्ने नीतिलाई कडाइका साथ लागु गरिने र महानगरभित्रका पुराना र नयाँ ढल संरचनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गर्दै लगिने महानगरको कार्यक्रममा उल्लेख छ ।। परम्परागत राजकुलो टीकाभैरवबाट लगनखेलसम्म ल्याउन डिपिआर गरिने, ढुङ्गेधारा, इनार, पोखरीलगायतका पानीको स्रोतको संरक्षण गरिने, दश हजार वर्गफिट वा १७ मिटरभन्दा अग्ला भवनको निर्माणमा महानगरमा सूचीकृत परामर्शदाता मध्येबाट तेस्रो पक्ष प्रमाणीकरणको व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख छ । नगर क्षेत्रभित्र रहेका अव्यवस्थित तारलाई सरोकारवालासँगको समन्वयमा भूमिगत गरिने उल्लेख छ ।

पर्यटकलाई लक्षित गरी बालकुमारीस्थित पर्यटकीय बसपार्क सञ्चालन गरिने र महानगर आउने पर्यटकलाई फर्कंदा यहाँ नै निर्मित हस्तकला चिनोका रूपमा दिइने कार्यक्रम अघि बढाइने,हस्तकलातर्फ महानगरपालिका वल्र्ड क्राफ्ट सिटीको सदस्य भइसकेकाले यहाँका स्थानीय हस्तकला विकास, प्रवद्र्धन र बजारीकरणमा जोड दिइने,महानगरपालिकाले ‘उपमेयरसँग महिला तथा बालबालिका कार्यक्रम’ सञ्चालन गर्ने नीति लिएको महानगरको कार्यक्रममा उल्लेख छ । अपाङ्गता भएका व्यक्तिलाई रोजगार तथा स्वरोजगारका लागि सूचना, सेवा तथा टेवाका लागि सीपमूलक तालिम सञ्चालन हुनेछ । स्थानीयस्तरमा खेलकुदलाई प्रोत्साहन गर्न ए, बि र सी डिभिजन फुटबल टिमलाई प्रोत्साहनका कार्यक्रम समावेश गरिएको छ ।
शिक्षातर्फ यहाँका विद्यालय प्रविधिमैत्री बनाउँदै लगिने र अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक, प्रविधि विषय अध्यापन गर्ने शिक्षकबाट विषयगत रोष्टर तयार गरिने कार्यक्रम छ । स्थानीय मातृभाषालाई प्राथमिकता दिँदै नेपाल भाषाको कक्षा आठसम्मको पाठ्यपुस्तक तयार गरी क्रमशः कार्यान्वयनमा लगिने भएको छ ।
स्वास्थ्यतर्फ महानगरभित्रका ७० वर्ष कटेका ज्येष्ठ नागरिकल, अपाङ्गता भएका र दीर्घरोगीलाई स्वास्थ्य उपचारका लागि ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रम सञ्चालन गरिने भएको छ । महानगरभित्रका स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा सञ्चालनका, सुशासनका लागि इरेकडिङ र रिपोर्टिङलाई चुस्त बनाउने महानगरको योजना छ ।

विपद् व्यवस्थापनका लागि खोज तथा उद्धार सामग्रीको व्यवस्थापनको कामलाई प्राथमिकता दिँदै आगामी आवमा सामग्रीको व्यवस्थापन गर्न बाँकी सबै वडामा सामग्री भण्डारण गरिने कार्यक्रममा उल्लेख छ । विभिन्न वडामा कृषि उपज प्रवद्र्धन गर्दै सम्भाव्यताको आधारमा निर्यातयोग्य कृषिवस्तुको उत्पादन बढाइने, शहरी क्षेत्रमा कौसी खेती तथा सार्वजनिक जग्गामा फलफूल तथा पुष्प खेतीलाई प्रवद्र्धन गर्दै यसलाई हरियाली शहर शहरका रूपमा विकास गरिने कार्यक्रम बजेटमा राखिएको छ ।
पशु बीमा कार्यक्रम प्रभावकारी बनाइने र पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सेवा सञ्चालन गर्ने,सहकारीको अनुगमन र नियमन गरिने र वित्तीय अनुशासन र सुशासनमा जोड दिने र औद्योगिक ग्राममा पहुँच नभएका तथा समूहमा व्यवसाय सञ्चालनका लागि इच्छुक उद्यमीका लागि माग र आवश्यकताका आधारमा साझा सुविधा केन्द्र सञ्चालन गरिने बजेटमा उल्येख गरिएको छ ।

महानगरले संस्थागत विकासका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । स्थानीयस्तरमा नै विवाद समाधानका लागि वडा तहमा मेलमिलाप केन्द्रको संयन्त्र तयार गर्ने,महानगरको सङ्गठन संरचना स्वीकार गरी कार्यरत कर्मचारीको दरबन्दी मिलान गरिने,सबै करदाताको तथ्याङ्क सङ्कलन गरी विवरण विद्युतीय माध्यमबाट डिजिटल प्रणालीमा अभिलेख राखिने र इ–पेमेन्टको नीति अवलम्बन गर्ने महागरको योजना छ ।

महानगर प्रमुख चिरीवावु महर्जनले आफूहरु नागरिकका शासकका रूपमा नभएर सेवकका रूपमा काम गर्ने बताए । दोस्रो कार्यकाल सकिएपछि पुनः नगर प्रमुखको उम्मेदवार बन्न नपाउने र आफूलाई अझ अघि बढ्न पनि राम्रो काम गर्नुपर्ने उनले बताए । उनले भने, “ललितपुर हिजो पनि देशको राम्रा पाँच नगरमा रहेको थियो ।”
नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले निर्धारित समयमा नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुँदा समयको चाप भएको बताइन् । आगामी आवमा महानगरले जनमुखी र परिवर्तनमुखी कार्यक्रम समावेश गरेको उनको भनाइ छ । उनले भनिन्, “कतिपय विगतमा सञ्चालनमा रहेका कार्यक्रमले निरन्तरता पाएका छन् भने कतिपय नयाँ कार्यक्रम समावेश गरिएको छ ।”

महानगरले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आगामी आवका लागि रु छ

 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : २२ बजे