९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बिरामीको मृत्युपछि काठमाडौं चिरायु अस्पतालमा तनाव



११ असार ०७९, काठमाडौं । काठमाडौं बसुन्धराको चिरायु अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ ।

पिसाबसम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका सुरज ढुंगानाको मृत्यु भएपछि आफन्तले अस्पतालविरूद्ध नारावाजी र प्रदर्शन गरेका छन् । उनीहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

मृतकका आफन्त सिम्रन बस्नेतका अनुसार पिसाबको समस्यालाई लिएर भर्ना भएका बिरामीको हर्टफेल भएर मृत्यु भएको बताएपछि चिकित्सकमाथि शंका लागेको हो ।

अस्पतालले मुटुसम्बन्धी उपचार नै नगरेको र के कारणले यस्तो घटना भएको भन्ने बारे पनि बिरामीका आफन्तलाई जानकारी नगराएको उनले बताइन् । यस विषयमा उपचारमा संलग्न चिकित्सकसँग कुराकानी गर्न खोज्दा पनि पन्छिन खोजेको उनले बताइन् ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १० : ४३ बजे