२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदको शून्य समयमा एमाले सांसदहरू सरकारप्रति आक्रामक




१२ असार ०७९, काठमाडौं । प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू सरकारप्रति आक्रामक भएका छन् । उनीहरूले सामाजिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
शून्य समयमा बोल्ने अधिकांश एमाले सांसदहरूले सरकार जनताको शानित सुरक्षा र समस्याप्रति उदासीन भएको आरोप लगाएका छन् ।
सांसद कृष्ण राईले मेलम्ची खानेपानी आयोजनाका कारण बौद्ध र जोरपाटीका स्थानीयलाई परेको समस्यबारे सरकारको ध्यानाकर्षण गराए । सांसद कृष्णभक्त पोखरेलले चितवनमा बाढीपहिरो र डुबानका समस्याबारे सरकारको ध्यानाकर्षण गरे ।
सांसद खगराज अधिकारीले पोखरा विमानस्थलमा भ्रष्टाचार भएको भन्दै सरकारका मन्त्रीहरू कमिसनमा लिप्त भएको आरोप लगाए । सासद गंगा चौधरीले जेलमा रहेका अभियुक्त छुटाउन महान्यायाधिवक्ता नै लागिपरेको भन्दै महान्यायाधिवक्ताले तत्काल राजीनामा दिनुपर्ने माग गरिन् । सांसद झपट रावलले शून्य समयलाई नसुन्ने समयको रूपमा परिवर्तन गर्न आग्रह गरे ।
न्युज कारखाना

 

 

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।