९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा रोकियो कोरोना खोप कार्यक्रम



vaccine khop sui

 १४ असार ०७९,ललितपुर । ललितपुरमा कोरोना खोप कार्यक्रम बीचमा रोकेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पर्याप्त खोप उपलव्ध नभएपछि तत्कालका लागि खोप कार्यक्रम रोकिएको हो ।

कार्यालयका प्रमुख सतिस विष्टले ललितपुर महानगर, गा्ेदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा खोप कार्यक्रम रोकिएको बताए । उनले भने, ‘दक्षिण ललितपुरका बागमती, महांकाल र कोञ्ज्योसोम गाउँपालिकामा पुग्ने खोप पठाएका छौं ।’ उनका अनुसार अर्को हप्ता मात्रै खोप आएपछि फेरि खोप कार्यक्रम सुचारु हुन्छ ।

ललितपुर महानगरले सूचना प्रकाशित गरेर आज मंगलबारदेखि खोप कार्यक्रम रोकेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले नेपाल सरकारबाट पर्याप्त खोप उपलव्ध नभएपछि खोप कार्यक्रम बीचैमा रोक्नुपरेको बताए । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टले भने खोप कार्यक्रक सुरु हुनुअघि पर्याप्त मात्रामा खोप आएको बताएका थिए ।

सरकारले देशभरका ३५ जिल्लामा सात वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु गरेको थियो । विद्यालय र नजिकका विद्यालय नजाने बालबालिकालाई लक्षित गरेर इँटाभट्टा र होटलहरु रहेको ठाँउमा पालिकाहरुको समन्वयमा खोप केन्द्र राखिएको थियो । गत १० असारबाट सुरु भएको खोप कार्यक्रम सोमबार नै खोप सकिएको बताइएको छ ।न्युज कारखाना

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : ०२ बजे