९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा चिकित्सकमाथि कुटपिट: पाँच ट्राफिक प्रहरीलाई कारबाही गर्ने



१५ असार ०७९, काठमाडौं । ललितपुरमा एक चिकित्सकमाथि कुटपिटकाे आरोपमा पाँचजना ट्राफिक प्रहरीलाई जिल्ला प्रहरी परिसर ललितपुरले कारबाही गर्ने भएको छ।

पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई सोमबार एक प्रहरी जवानले कुटपिट गरेपछि उक्त ड्युटी युनिटका अन्य प्रहरीलाई पनि कारबाही गरिने भएको हो।

राति १२ः४५ मा ड्युटी सकेर फर्कने क्रममा प्रहरीले हातपात गरेको ती चिकित्सकले प्रहरीसमक्ष जानकारी गराएका छन्। सोही आरोपमा उक्त राति ड्युटीमा खटिएको युनिटलाई नै कारबाही गरिने परिसरका एसपी सिद्धिविक्रम शाहले बताए। उनका अनुसार चिकित्सक घिसिङलाई ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटेको आरोप लागेको छ। आरोपपछि परिसरले प्रारम्भिक जाँचबुझ गरेको थियो।

प्रारम्भिक सोधपुछका क्रममा प्रहरीको गल्ती भेटिएपछि अनुसन्धान थालिएको एसपी शाहले जानकारी दिए।  प्रहरी जवानले चिकित्सकलाई कुटपिट गर्दा  अन्य प्रहरीले समेत जिम्मेवारी निर्वाह नगरेपछि पाँचैजनालाई कारबाही गर्न लागिएको हो।
परिसरले ती प्रहरीमाथि अनुसन्धान गर्न ट्राफिक प्रहरी महाशाखालाई अनुरोध गरेको छ। हाल उनीहरूलाई महाशाखाको बग्गीखाना पठाइएको छ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : १२ बजे