९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा ठेलामा मकै बेच्दा नगर प्रहरीको लछारपछार(भिडियोसहित)



१७ असार ०७९, काठमाडौं ।  काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ महाराजगञ्जमा मकै बेच्दै हिँडेकी एक महिलाको ठेलालाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफ्नो ठेला प्रहरीले उठाएपछि महिलाले हार गुहार गरिन् । तर नगर प्रहरीले उनलाई नै सडकमा लछार पछार गर्‍यो ।

एक पुरुष नगर प्रहरीलाई रोक्न खोज्छन् । तर नगर प्रहरीले ठेला र केही मकै गाडीमा हालेर लगिछाड्छ । घटनाको भिडियो पत्रकार सृष्टि काफ्लेले ट्वीटरमा पोष्ट गरेकी छन्, जुन भाइरल भएको छ । नगर प्रहरीले गरेको ज्यादतीको आलोचना भइरहेको छ ।

महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा भने यस्ता घटना दिनहुँ हुने बताउँछन् । यसरी जफत भएको ठेला र सामान फिर्ता हुँदैन । यस्ता सामान महानगरले लिलामी गर्ने गरेको छ ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यले भने यो विषयमा जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ४५ बजे