
१८ असार,०७९, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् । अभियानमा आबद्ध चार वटा पार्टीले बहुमतबाट वामदेवलाई संयोजकबाट निष्कासन गरेका हुन् ।
बहुमतले युवराज सफललाई संयोजक बनाइएको घोषणा गरेको छ । सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरिएको छ ।
गौतममाथि विभिन्न पाँच बुँदे आरोप लगाइएको छ । गौतममाथि सांगठानिक अराजकता, तानाशाही शैली र अराजनीतिक व्यवहार प्रस्तुत गरेको तथा आफूहरूको आडमा शक्ति बनाई त्यसको चरम दुरुपयोग गरेको आरोप उनीहरूले लगाएका छन् । वामदेव नेतृत्वमा सो अभियानले पार्टीको आकार लिएको एक साता पनि पुगेको छैन ।








प्रतिक्रिया