१८ असार,०७९, काठमाडौं । महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ । ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) कंग्रेसको बैठकले नेपालमा साफ आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ नेपालमा आयोजना गर्न गरेको प्रस्ताव अनुमोदन गरेको हो ।
साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म हुनेछ । नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।
प्रतिक्रिया