९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको थसिखेल चोकमा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु



फाइल तस्बिर

१८ असार ०७९, ललितपुर । ललितपुरमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका १५ थसिखेल चोकमा बागमती प्रदेश ०२–०३४प ०७५८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक महालक्ष्मी नगरपालिका १० लामाटार बस्ने ४४ वर्षीय चन्द्रबहादुर स्याङ्तानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महालक्ष्मीस्थान गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

यता काठमाडौँ महानगरपालिका १० युएनपुल नजिकै सडकमा बागमती प्रदेश०२०२६प ०६२७ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ललितपुर महानगरपालिका १० बस्ने ७३ वर्षीय मधुरमान मास्केको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सिभिल अस्पताल मीनभवनमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै काठमाडौँ महानगरपालिका ३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने नुवाकोट मेघाङ गाउँपालिका ६ घर भएका २४ वर्षीय आशिष तामाङ आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : ४५ बजे