२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


महन्थलाई ओलीको प्रस्तावः गठबन्धन गरेर चुनावमा जाऔैं




१९ असार ०७९, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ ।
काठमाडौंमा जारी केन्द्रिय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो बिषयमा धारणा दिन पनि पार्टीका नेताहरुसँग राय मागेका छन ।
‘ओलीजीले बोलाएर आगमी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसवारेमा पनि छलफल गर्न जरुरी छ’ ठाकुरको भनाई उद्यृत गर्दै एक नेताले भने । उनका अनुसार सो बिषयमा बालकोटस्थित ओली निवासमा दुई नेता बिच भेटघाट भएको भनिए पनि कहिले भेट भएको हो ? सो भने खुलाएका छैनन ।
लक्ष्मणलाल कर्णको नेतृत्वमा तयार भएको बिद्यान मस्यौंदा संसोधनसहित पारित गर्ने, ५ सय १ सदस्सीय केन्द्रिय समितिलाई पुर्णता दिने, संगठन सुदृढीकरण देखी आगमी निर्वाचनको तयारीसम्मका बिषयमा छलफल गर्नका लागि लोसपा, नेपालको केन्द्रिय कार्यकारिणी बैठक जारी छ । न्युज कारखाना

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।