२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


श्रीलंकामा इन्धन संकटः सबै सरकारी तथा निजी विद्यालय बन्द



एजेन्सी
२० असार ०७९, कोलम्बो । चरम इन्धन संकटबीच श्रीलंकाको शिक्षा मन्त्रालयले सबै सरकारी र निजी विद्यालय सोमबारदेखि एक साताका लागि बन्द गरेकोे छ । श्रीलंकाका शिक्षामन्त्रीले आगामी बिदाको अवधिमा विद्यालयले पाठ्यक्रम समेट्ने बताए । यसअघि १८ जुनमा सरकारले एक साताका लागि सबै विद्यालय बन्द गरेको थियो ।
लामो समयसम्म विद्युत् कटौतीका कारण कोलम्बो सहरको सीमामा रहेका सबै सरकारी र निजी विद्यालयका साथै अन्य प्रान्तका अन्य मुख्य सहरका विद्यालय एक साता बन्द रहने डेली मिररले जनाएको छ ।
श्रीलंकाका शिक्षा मन्त्रालयका सचिव निहाल रणसिंघेले विद्यालयहरूलाई अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरे । यातायातको कठिनाइले विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई असर नगर्ने अवस्थामा डिभिजन स्तरका विद्यालयका कक्षा सञ्चालन गर्न दिइने पनि उनले बताए ।
अनलाइन शिक्षणलाई सहज बनाउन साताको एक दिन बिहान ८ बजेदेखि १ बजेसम्म बिजुली कटौती नगर्न श्रीलंकाको पब्लिक युटिलिटिज कमिसन ९पीयूसीएसएल० सहमत भएको उनले बताए ।
श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र प्राप्त गरेपछि अहिलेसम्मकै आर्थिक संकट सामना गरेको छ ।

 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।