९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँमा थप दुई जनामा हैजा,१९ पुगे संक्रमित




२१ असार ०७९, काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिएका छन् । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो ।
योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । उनका अनुसार कागेश्वरी मनहरा नगरपालिका ६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो । उनले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए । हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ । खाना बनाउनु अघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्दछ ।
यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । झापापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १२ : ५१ बजे